तीन बर्ष भित्र सुकेटार पाथीभरा सडक कालोपत्रे सकिन्छ : मन्त्री नेम्वाङ
ताप्लेजुङ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्तकुमार नेम्वाङले ताप्लेजुङको सुकेटार पाथीभरा सडक कालोपत्रे तीन बर्ष भित्र सक्ने बताउनुभएको छ ।
आज ताप्लेजुङ रेडियोसँग कुराकानी गदै मन्त्री नेम्वाङले सो कुृरा बताउनु भएको हो । उहाँले सुकेटार पाथीभराको बाटो कालोपत्रेको लागि बहुबर्षिय ९५ करोडको ठेक्का खुलाएको जानकारी गराउदै राम्रो कन्ट्रक्सन भएमा तीन बर्ष भन्दा छिटो समयमै सडक निर्माण काम सक्ने दाबी गर्नुभयो ।
मन्त्री नेम्वाङले नेपालकै निम्ती छिटो छरितो बाटो भएको कारण तमोर करिडोरको चाडै सक्ने सक्ने दाबी गर्नुभयो । उहाँले सो आयोजनाको लागि आँउदो आर्थिक बर्षको लागि १ अरब ५० करोड रकम विनियोजन गरेको बताउनुभयो । मन्त्री नेम्वाङले निर्मााण ब्यवसायीहरुलाई पटक पटक ताकेता गरेको कारण चाडै पूल बन्ने बताउनुयो ।
पर्यटकिय राजमार्गको लागि केचना कञ्चनजंघा सडकको लागि ५५ करोडको विनियोजन गरेर काम गरेको बताउनुभयो । मन्त्री नेम्वाङले सवै टेन्डर हुने प्रकियामा रहेकोले आँउदो आबमा शुरु देखि नै काम गर्ने बताउनुभयो ।
मन्त्री नेम्वाङले ताप्लेजुङको सुकेटार विमानस्थलको नाम परिर्वतन गरी रविन्द्र अधिकारीको नाम राख्ने सरकारको निर्णयको सन्दर्भमा पूर्व पर्यटन मन्त्री अधिकारी मुलुक निर्माणको अभियानमा अहमभुमिका खेलेको बताउदै अधिकारीको सम्मान गर्ने क्रममा सुकेटार विमानस्थलको नाम रविन्द्र अधिकारी रहन गएको बताउनुभयो । सरकारले राम्रो गर्ने भनेर गरेको हो विरोध हुन्छ ठेस लाग्छ भनेर नगरेको दाबी गदै सरकारले गरेको त्यो कामले जनताको मान मर्दन हानी हुन्छ साथै स्थानीय संस्कृति पहिचान ऐतिहासिकता मासिन्छ भनेर विरोध भएमा सरकार पुनविचार गर्ने बताउनुभयो ।



















