आफनोलाई पराई देखेर एकता हुदैन : योगेश भट्टराई
काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले पार्टी बचाउन जरूरी भएको बताउनु भएको छ ।उहाँले यसका लागि नेताहरू गम्भीर रूपमा छलफल गर्नुपर्ने र साझा निष्कर्षका साथ अभियानमार्फत् एकता बचाउन जरूरी रहेको उल्लेख गर्दै आज धारणा सार्वजनिक गर्नु भएको हो ।
उहाँले एमाले एकताका मुल जड नेताहरूबीच विश्वासको संकट र आफ्नो पार्टीभन्दा अरू पार्टीलाई साथ लिएर गठबन्धन बनाउन केन्द्रीत हुनु रहेको बताउनुभएको छ ।
अध्यक्ष केपी शर्मा ओली झलनाथ खनाल र माधवकुमार नेपालसँग सहकार्य गर्न तयार नहुने तर महन्थ ठाकुर र राजेन्द्र महतोसँग साझेदारी गर्न तयार हुनु तथा खनाल र नेपाल ओलीसँगभन्दा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालगायतसँग गठबन्धन गर्न तयार हुनु नै पार्टी एकताको मुख्य जड भएको भट्टराईको दाबी छ ।
काठमाडौै । एमालेमा पछिल्लो समय अध्यक्ष ओलीले एकता प्रस्ताव राखेका उल्लेख गदै तर उक्त प्रस्ताव जालझेलपूर्ण रहेको आरोप नेपाल पक्षको छ। यसबीच ओली र नेपाल तर्फका नेताहरू पार्टी एकताका लागि संवादमै पनि छन्।
यस्तो छ भट्टराईको भनाई
एमालेको एकताको मुल जड
कमरेड केपी ओली आफ्नै पार्टीका वरिष्ठ नेता कमरेड जेएन खनाल र कमरेड माधव नेपालसँग सहकार्य गर्न तयार नहुने तर महन्थ ठाकुर र राजेन्द्र महतोसँग सत्ता साझेदारी र अन्य बिषयमा गठबन्धन गर्न तयार हुने।कमरेड जेएन खनाल र माधव नेपाल आफ्नै पार्टीका अध्यक्ष कमरेड केपी ओलीसँग मिल्न तयार नहुने तर शेरबहादुर देउवा, प्रचण्ड र उपेन्द्रसँग सत्ता साझेदारी र अन्य विषयमा गठबन्धन गर्न तयार हुने। कसले, किन र के का लागि गर्दैछ यो सबरु एमाले एकताको समस्याको मुल जड यहिँ छ।यस विषयमा कमरेडहरु बीचमा गम्भिर छलफल हुनु र साझा निष्कर्षका साथ साझा अभियानमार्फत् एमालेको एकता बचाउन जरुरी छ।



















