पाथीभरा क्षेत्र विकास समितिको अध्यक्ष रहेनन

वेलकम खबर
जेष्ठ २५, २०७८

ताप्लेजुङ । पाथीभरा क्षेत्रविकास समितिका अध्यक्ष पुष्प बरुवालको कोरोना संक्रमणका कारण निधन भएको छ । अध्यक्ष बरुवालको गएराती अमेरिकाको न्यूयोर्कमा निधन भएको हो ।

केहि दिन अघि संक्रमण देखिएका बरुवालको उपचारकै क्रममा न्युयोर्कमा निधन भएको समितिका कार्यकारी निर्देशक मनमणी काफ्लेले जानकारी दिए ।

पारिवारिक भेटघाटका लागि न्युयोर्क पुगेका बरुवाललाई उतै संक्रमित भएका थिए । ताहचल क्याम्पसका सह–प्राध्यापक समेत रहेका बरुवाल २०७४ साल भदौ १२ गते मन्त्री स्तरीय निर्णयबाट पाथीभरा क्षेत्र विकास समितिको अध्यक्ष बनेका थिए । झापा घर भएका बरुवाल गत वैशाख १३ गते पारिवारिक भेटघाटका लागि न्युयोर्क गएका थिए ।उहाँको श्रीमती र दुई छोरा रहेका छन् ।बरुवाल प्रति जानकारी मिडिया परिवार हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*