५० मुरी धान फलाउने किसानलाई ४२ हजार ५०० रुपैयाँ !

वेलकम खबर
जेष्ठ २३, २०७८

ताप्लेजुङ : कृषि उत्पादन वृद्धि गर्न किसानलाई गाउँपालिकाले कसरी प्रोत्साहन गर्नुपर्छ भन्ने उदाहरण यहाँको मैवाखोला गाउँपालिकाले प्रस्तुत गरेको छ।

गाउँपालिकाले ५० मुरी भन्दा बढी धान फलाउने सात किसानलाई प्रोत्साहन रकम वापत रु ४२ हजार ५०० उपलब्ध गराउने निर्णय गर्दै उनीहरूलाई कृषि कर्ममा थप हौसला भरेको हो।

गाउँपालिकालाई खाद्यान्नमा आत्मनिर्भर बनाउन र किसानलाई थप प्रोत्साहन गर्न सो नवीनतम योजनालाई कार्यान्वयन गरिएको जनाइएको छ।

पहिलोचरणमा वडा नम्बर १, २ र ३ का सात किसानलाई सो रकम प्रदान गर्ने तयारी गाउँपालिकाले गरेको छ।  प्रोत्साहन पाउनेमा वडा नम्बर १ का देवीमाया श्रेष्ठ, ज्ञानबहादुर लिम्बू, ङिमादावा शेर्पा, निमतेम्बा शेपा, वडा नं २ का रबिन्द्र वनेम र वडा नं ३ का ङिमावाङ्दी शेर्पा र होमनाथ गौतम रहेका गाउँपालिकाका प्रवक्ता थर्ककुमार चोङ्वाङले जानकारी दिए।

उनका अनुसार देवीमाया र ङिमादावाले ७०–७०, ज्ञानबहादुरले ६३, ङिमातेम्बाले ६५, रबिन्द्रले ९५, ङीमावाङ्दीले ५८ र होमनाथले ६० मुरी धान उत्पादन गरेको तथ्याङ्क छ।

उनीहरुलाई सो रकम शीध्र उपलब्ध गराइने प्रवक्ता चोङ्वाङले बताए।-रासस

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*