जेठ २७ भित्र नजिता प्रकाशन गर्न नगरपालिकाको परिपत्र
ताप्लेजुङ । ताप्लेजुङको फुङलिङ नगरपालिकाले बार्षिक परीक्षा सञ्चालन भएका बिद्यालयले पुस्तिका परीक्षणको आधारमा आउदो जेठ २७ गते भित्रमा परीक्षाको फल प्रकाशन गर्न परिपत्र गरेको छ ।
शुत्रवार नगरपालिका भित्र रहेको सवै सामुदायिक तथा संस्थागत विद्यालयलाई परिपत्र गदै आउदो जेठ २७ भित्र परीक्षाको नजिता प्रकाशन गर्न परिपत्र गरेको हो ।
नगरपालिकाले परीक्षा नभएको हकमा ५ वटा क्षेत्रलाइ आधार मानेर नतिजा प्रकाशन गर्न भनेको छ । शिक्षा अधिकृत प्रकाश पौडेलका अनुसार कोभिड–१९ को संक्रमणका कारण बिद्यालय तहको केहि बिषयका बार्षिक परीक्षा स्थगित भएको र तत्काल बिद्यार्थीहरु भौतिक रुपमा उपस्थित भइ परीक्षा सञ्चालन गर्न नसक्ने भन्दै शैक्षिक सत्र २०७७ को बिद्यालय तहको कक्षा १ देखि ९ सम्म अध्ययनरत बिद्यार्थीहरुको नतिजा बिद्यालयले प्रकाशन गर्नुपर्ने निर्णय लिएको हो ।




















