एमाले एकताको पहल आत्मसमर्पण होइन : योगेश भट्टराई

वेलकम खबर
जेष्ठ २१, २०७८

काठमाडौं । नेकपा (एमाले)का नेता योगेश भट्टराईले आफूहरुले एमालेलाई एकतावद्ध राख्न पहल गरिरहेको बताएका छन् । साथे उक्त एकताको पहल आत्मसमर्पण भने नभएको बताएका छन् ।

शुक्रबार माधवकुमार नेपाल समूहका केन्द्रीय सदस्यहरुको भर्चुअल बैठकमा बोल्दै योगेशले अहिले पनि संघर्ष नै प्रधान रहेको बताएका हुन् । ‘अहिले पनि संघर्ष नै प्रधान हो, हामीले तलसम्म संगठन निर्माण गर्दै जाने हो र यो विषयलाई अझै तल्लो तहमा लैजाने हो ।’

भट्टराईको भनाई उद्धृत गर्दै बैठकमा सहभागी एक केन्द्रीय सदस्यले भने, ‘केपी ओलीसँगको एकता प्रयास व्यक्तिगत होइन, संघर्ष हो । केपी ओलीसँग हाम्रो लडाई संघर्ष, रुपान्तरण र एकता नै हो ।’

एकता भनेको आत्मसमर्पण नभई रुपान्तरका लागि मात्र भएको उल्लेख गर्दै भने, ‘हामीले एकताको प्रक्रियाबाट गएर पार्टी बलियो बनाउने हो ।

भट्टराईलगायत एमालेका चार जना नेताहरु घनश्याम भुसाल, सुरेन्द्र पाण्डे र गोकर्ण विष्ट पछिल्लो समय अध्यक्ष केपी शर्मा ओलीसँग वार्तामा छन् । भट्टराईले पार्टीको एकताको लागि गरिएका इमान्दार प्रयत्नबारे गलत टिप्पणी भइरहेको समेत बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*