नेपालमा कोरोनाको कुनै पनि प्रजातिको नयाँ भेरियन्ट भेटिएकोे छैैन : डब्ल्यूएचओ

वेलकम खबर
जेष्ठ २०, २०७८

काठमाडौँ – विश्व स्वास्थ्य संगठन ९डब्ल्यूएचओ०ले नेपालमा कोरोनाको कुनै पनि प्रजातिको नयाँ भेरियन्ट भेटिएकोबारे जानकारी नभएको बताएको छ ।

डब्ल्यूएचओको नेपालस्थित कार्यालयले बिहीबार सामाजिक सञ्जालमार्फत भनेको छ, ‘नेपालमा सार्स–कोभ–२ को नयाँ भेरियन्ट फेला परेको भन्ने कुरामा विश्वस्वास्थ्य संगठन अवगत छैन ।’

हाल नेपालमा अल्फा (बी.१.१.७०), डेल्टा (बी.१.६१७.२) र कप्पा (बी.१.६१७.१) भेरियन्ट देखिएको छ । तीन भेरियन्टमध्ये नेपालमा हाल सक्रिय रहेको भेरियन्ट डेल्टा (बी.१.६१७.२०) हो ।

बेलायती सञ्चारमाध्यमहरुमा कोरोना भाइरसको नेपाल भेरियन्ट भेटिएको दावी गर्दै त्यस्तो भेरियन्ट आफ्ना नागरिकका लागि चुनौतीपूर्ण भएको दावीसहितका रिपोर्ट प्रकाशित भएका छन् ।

बेलायती ट्याबलोइड दैनिक डेली मेलको बिहीबारको अंकमा कभर स्टोरी प्रकाशित गर्दै नेपाली भेरियन्टको कोरोना बेलायती नागरिकको छुट्टीमा चुनौतीपूर्ण हुने उल्लेख छ ।

तर, हालसम्म नेपालमा म्युटेन्ट भएको भाइरसबारे विश्व स्वास्थ्य संगठनले समेत आधिकारिकरुपमा केही बताएको छैन् । नेपालका जनस्वास्थ्य अधिकारीले पनि नेपाल भेरियन्टबारे अनबिज्ञता जनाउंदै दोस्रो लहरका बेला देखिएको भाइरस भारतीय भेरियन्टको भएको बताइरहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*