कोरोना खोपले किन जम्छ रगत ? पत्ता लगाए वैज्ञानिकले !

एजेन्सी । अक्सफोर्ड युनिभर्सिटी तथा फर्मा कम्पनि एस्ट्रोजेनिकाद्वारा तयार गरिएको कोरोना भाइरस विरुद्धको खोपले रगत जम्ने कारण पत्ता लागेको छ । जर्मनीका वैज्ञानिकले यसबारे पत्ता लगाएका हुन् ।
वैज्ञानिकले पत्ता लगाएको यस कारणका बारेमा अक्सफोर्ड तथा एस्ट्रोजेनिकाका भ्याक्सिन वैज्ञानिकले जाँच सुरु गरेका छन् ।
फ्रयाँकफर्टको गोथे युनिभर्सिटीका प्रमुख वैज्ञानिक प्रोफेसर रोल्फ मार्सचालेकका अनुसार एडिनोभाइरस प्रविधिमा बनेको एस्ट्रोजेनिकाको खोप मानिसको सेल फ्ल्युडमा नगइ न्यूक्लियसमा गइरहेको छ ।
जसका कारण न्यूक्लियसमा भाइरसले आफ्नो लागि प्रोटिन बनाउन सुरु गरिरहेको छ । यो नै खोप लगाएपछि रगत जम्ने समस्याको प्रमुख कारण हो ।
कोशिकाभित्र एउटा यस्तो संरचना हुन्छ, जसमा उक्त कोशिकासँग सम्बन्धित सबै जेनेटिक सूचना एकत्रित हुन्छ । न्यूक्लियसभित्र पाइने डिएनए अनुसार नै उक्त कोशिकासँग सम्बन्धित अलग अलग प्रकारको प्रोटिनको निर्माण शरीरभित्र भइरहेको हुन्छ । हरेक कोशिकाको आफ्नै न्यूक्लियस हुन्छ ।