भारतले खोप निर्यातमा लगाएको प्रतिबन्धको असर ९१ मुलुकलाई

एजेन्सी । विश्व स्वास्थ्य संगठन ९डब्ल्यूएचओ०ले कोरोना भाइरस विरुद्धको खोप निर्यातमा भारतले लगाएको प्रतिबन्धको असर ९१ मुलुकमा परेको बताएको छ ।
भारतले खोप निर्यातमा लगाएको प्रतिबन्धको कारण नै यी मुलुकमा कोरोनाको नयाँ भेरियन्ट फैलिने जोखिम पनि अत्यधिक देखिएको डब्ल्यूएचओको उल्लेख गरेको छ ।
गत वर्ष सेरम इन्स्टिच्युटले एस्ट्राजेनेकासँग सम्झौता गर्दा कम तथा मध्यम आय भएका मुलुकमा एक अर्ब डोज खोप आपूर्ति गर्ने बताएको थियो । सन् २०२० भित्रै ४० करोड डोज खोप आपूर्ति गर्ने कम्पनीले बताएको थियो । यो खोप कोभ्याक्स कार्यक्रमको लागि सम्झौता गरिएको थियो ।
भारतले मुलुकमा कोरोनाको दोस्रो लहर फैलिएसँगै कोरोना खोपको निर्यातमा रोक लगाउने निर्णय गरेको थियो । डब्ल्यूएचओले यस वर्षको अन्तिमतिर मात्र भारतले खोप निर्यातमा लगाएको प्रतिबन्ध हटाउने अपेक्षा गरेको छ ।
भारतले लगाएको प्रतिबन्धको कारण धेरै मुलुकमा खोपको अभाव देखिएको भन्दै डब्ल्यूएचओले विश्वका अन्य मुलुकसँग आफूलाई बढी भएको खोप अन्य मुलुकलाई दिन आग्रह गरेको छ ।