राजा वीरेन्द्र शाहको वंशनाश हुने गरी भएको दरवार हत्याकाण्डको २० बर्ष पुरा !
काठमाडौं । तत्कालीन राजा वीरेन्द्र शाहको वंशनाश हुने गरी भएको घटना भएको २० वर्ष पूरा भएको छ। २०५८ जेठ १९ गते राती दरबारभित्रै राजारानीसहित राजपरिवारका सदस्य र आफन्तको हत्या भएको थियो।
नारायणहिटी दरवारमा भएको पारिवारिक जमघटका बेला भएको घटनामा राजा वीरेन्द्र, रानी ऐश्वर्या, युवराज दीपेन्द्र, राजकुमार निराजन, राजकुमारी श्रुति, राजकुमार धीरेन्द्र, राजकुमारी जयन्ती, राजकुमारी शान्ति, राजकुमारी शारदा, कुमार खड्ग र अन्य राजपरिवारका सदस्यहरूको हत्या भएको थियो।
हत्याकाण्डपछि तत्कालीन प्रधानन्यायाधीशको संयोजकत्वमा गठित प्रतिनिधिसभाका सभामुख लागायतको उच्चस्तरीय छानबिन समितिले जेठ १९ को घटनाका लागि युवराज दीपेन्द्रलाई दोषी देखाएर प्रतिवेदन सार्वजनिक गरेको थियो।
दीपेन्द्र एक्लैले यो घटना घटाउन नसक्ने भन्दै कतिपयले भने उच्चसुरक्षा घेराभित्र रहेको दरबारमा भएको हत्याकाण्ड अहिले पनि रहस्यकै गर्भमा बताउछन् ।



















