महन्त ठाकुरसहित चार नेता पार्टीबाट निष्कासन

वेलकम खबर
जेष्ठ १८, २०७८

काठमाडौं । जनता समाजवादी पार्टीका केन्द्रीय परिषद् अध्यक्ष उपेन्द्र यादवले अर्का अध्यक्ष महन्त ठाकुरसहित चारजनालाई पार्टीबाट निष्कासन गरेका छन् ।

बहुमत कार्यकारिणी सदस्यहरूको सोमबार बसेको बैठकले ठाकुरसहित राजेन्द्र महतो, सर्वेन्द्रनाथ शुक्ल र लक्ष्मणलाल कर्णलाई पार्टीबाट निष्कासन गरेको हो । प्रचार विभाग प्रमुख डम्बर खतिवडाले विज्ञप्ति जारी गरी चार नेतालाई पार्टीबाट निष्कासन गरेको जानकारी दिएका छन् ।

७ जेठमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई धारा ७६९५० अनुसार प्रधानमन्त्री नियुक्तिका लागि हस्ताक्षर गरेपछि ठाकुरसहित चार नेतालाई अध्यक्ष यादवले स्पष्टीकरण सोधेका थिए ।

११ जेठमा तीन दिनको समय दिएर स्पष्टीकरण सोधिएकोमा ठाकुर पक्षले पनि उल्टै यादवलाई स्पष्टीकरण सोधेको थियो । फेरि १५ जेठमा २४ घण्टे स्पष्टीकरण पत्र पठाएका यादवले मंगलबार बैठक राखेर निष्कासनको निर्णय गरेका हुन् ।

ठाकुर पक्षले पनि यसको जवाफमा यादवलाई निष्कासनकै निर्णय गर्ने तयारी गरेको छ । १५ जेठमै ठाकुरले अर्का अध्यक्ष यादवलई २४ घण्टे स्पष्टीकरण पत्र पठाएका थिइ । स्पष्टीकरणको दोहोरी चलिरहेका बेला ठाकुर पक्ष सरकारमा सहभागी हुने निर्णयमा पुगिसकेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*