सुकेटार क्षेत्रका ८६ जनाको एण्टिजेन परिक्षण गर्दा सवैको रिपोर्ट नेगेटिभ

वेलकम खबर
जेष्ठ १८, २०७८

ताप्लेजुङ  । सुकेटार क्षेत्रका ८६ जनाको एण्टिजेन परिक्षण गर्दा सवैको रिपोर्ट नेगेटिभ आएको छ । फुङलिङ नगरपालिकाले मंगलबार विहान गरेको एण्टिजेन परिक्षणमा सम्पूर्णको रिपोर्ट नेगेटिभ आएको हो ।

नगरप्रमुख छत्रपति प्याकुरेलका अनुसार ७१ जनाको फलोअप परिक्षण गर्दा सबैजनाको रिपोर्ट नेगेटिभ आएको छ भने नयाँ १५ जनाको परिक्षण गर्दा उनिहरु कसैमा पनि संक्रमण पुष्टि भएन । सो क्षेत्रमा यसअगाडी १४ दिन होम आइसोलेसनमा बसेकाहरुको फलोअप परीक्षण, लक्षण देखिएकाहरुको परीक्षण गरिएको थियो ।

नगरप्रमूख छत्रपति प्याकुरेलले भन्नुभयो,“फलोअप ७१ जना र नयाँ १५ जनाको परीक्षणमा नेगेटिभ आयो । यो खूसीको कुरा हो ।” नगरपालिकाले टोलटोलमा पुगेर एन्टिजेन परीक्षणको अभियानलाई तिव्रता दिदै आएका छन् ।

यसअघि नगरपालिकाले फुरुम्बु र फावाखोलामा समेत पुगेर परीक्षण गरेको थियो । त्यस्तै नगरपालिकाले नगरक्षेत्रभित्र बसोवास गर्ने नागरिकहरुको दैनिक विहान ११ बजेदेखि १२ बजेसम्म एन्टिजेन परीक्षण गरिरहेको छ ।

हेलिप्याडमा नगरले निमार्ण गरेको आईसोलेसन केन्द्रमा एण्टिजेन परिक्षण हुँदै आएको छ । जिल्लामा हाल ३ सय ९६ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य कार्यालय ताप्लेजुङले जनाएको छ । पछिल्लो समयमा जिल्लामा कोरोनामुक्त हुनेको संख्या पनि बढ्न थालेको छ । ताप्लेजुङमा दोश्रो भेरियन्ट सुरु भएदेखि २ हजार ५२ जनाको पीसीआर परीक्षण गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*