निर्णय तत्काल सच्याउन ताप्लेजुङका युवा संगठनहरुको माग
ताप्लेजुङ । सात राजनीतिक दलका भातृ संगठनले ताप्लेजुङको सुकेटार विमानस्थलको नाम परिवर्तन गरेकामा विरोध गरेका छन् । सोमबार ताप्लेजुङका सात युवा संगठनले संयुक्त विज्ञप्ति निकाल्दै सुकेटार विमानस्थलको नाम परिर्वतन प्रति गंभिर आपति जनाएका छ ।
विकासका नाममा स्थानीय जनताको मौलिकतामाथीको हस्तक्षेप भएको बताउदै जनविरोधी कार्य तत्काल नसच्याए कडा प्रतिशोधमा उत्रने चेताबनी समेत दिएको छ।
विज्ञप्तीमा नेपाल तरुण दलका जिल्ला सभापति खगेनसिंह हाङ्गाम, वाईसिएल अध्यक्ष सुजन सामेखाम, युवा संघ नेपालका केन्द्रिय सदस्य ज्ञानु लावती, समाजवादी युवासंघ अध्यक्ष सुरेश अवाजुङ, लिम्बुवान भोलेन्टियरका संयोजक गणेश मावो र राष्ट्रिय युवा मोर्चाका अध्यक्ष आइत मावोले विज्ञप्तिमा हस्ताक्षर गरेका हुन् ।
सरकारले शनिवार आगामी बर्षको बजेट प्रस्तुत गर्दा ताप्लेजुङको सुकेटार विमानस्थललाई स्व.रविन्द्र अधिकारी विमानस्थल नामाकरण गरेको छ । सरकारको सो निर्णयको पछि ब्यापक विरोध भई रहेको छ । ।




















