योगेश भट्टराईको पहलमा संकलित स्वास्थ्य सामाग्री काठमाडौबाट ताप्लेजुङ आउदै

वेलकम खबर
जेष्ठ १७, २०७८

ताप्लेजुङ । पूर्व मन्त्री  योगेश भट्टराईले अक्सिजन सिलिण्डरसहितका स्वास्थ्य सामग्री काठमाडौंबाट संकलन गरी पुनः ताप्लेजुङ पठाएका छन् ।

भट्टराईको संयोजनमा ताप्लेजुङ जिल्ला जनस्वास्थ्य कार्यलय र जिल्ला अस्पताल ताप्लेजुङले माग गरेका आवश्यक सामाग्रीहरु सोमबार ढुवानी मार्फत ताप्लेजुङ पठाएका हुन् ।

पठाइएका स्वास्थ्य सामग्रीमा अक्सीजन सिलिन्डर ४० लिटरको १० थान, क्वालीटीको पीपीई ३० थान, पल्स अक्सिमिटर ३ थान र २ सय थान एन्टिजेन किट रहेको भट्टराईका नीजि सचिव प्रेम गुरागाईँले जानकारी दिएका छन् ।

हाई क्वालीटीको ३० थान पीपीई मध्ये क्यानडामा रहेका ताप्लेजुङ्बासी घनश्याम भट्टराई र दीलप्रसाद याक्सोबाट २५ थान र उत्पादक व्यवसायी इरशाद अलीबाट ५ थान उपलब्ध गराईएको हो ।

स्वास्थ्य सामग्री ढुवानीका लागी दुईवटा गाडी नेता भट्टराईलेनै व्यवस्था गरेर ताप्लेजुङ पठाईको हो । अत्यावश्य केहि थप सामाग्रीहरु संकलन कार्य भईरहेको उनको सचिवालयले जनाएको छ । ती सामग्री समेत चाडै ताप्लेजुङ पठाईने बताइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*