ओलीको आक्रोस : अधिवक्ताहरूले संवैधानिक इजलासमा तमासा देखाए !

वेलकम खबर
जेष्ठ १७, २०७८

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक इजलासमा अधिवक्ताहरुले तमासा देखाएको आरोप लगाएका छन् ।

एमाले सम्बद्ध युवा संघको केन्द्रीय सचिवालय बैठकलाई सम्बोधन गर्दै ओलीले विपक्षी गठबन्धन र उक्त गठबन्धनसँग आबद्ध बरिष्ठ अधिवक्ताहरूले संवैधानिक इजलासमा तमासा देखाएको भन्दै आक्रोश पोखेका हुन् ।

आफूले लेखेर दिएको फैसला पढेर सुनाउने न्यायाधीश मात्र मान्ने भनेर वितण्डा मच्चाइएको प्रधानमन्त्री ओलीको भनाई छ । ‘हामीले लेखेर दिएको फैसला पढेर सुनाउने न्यायाधीशमात्र मान्छौं भनेर कालोकोटधारीले न्यायपालिकालाई कुन हैसियतमा पुर्‍याउँदैछन् ?’ भन्दै प्रधानमन्त्री ओलीले प्रश्न गरे । ‘यो गम्भीर विषय हो । उनीहरू न्यायाधीश छान्नेमात्र होइन फैसला पनि हामी नै दिन्छौं भन्दैछन्।’ ओलीले भने, पूर्वप्रधानन्यायाधीशहरूको वक्तव्यबाजीप्रति पनि आपत्ति जनाउँदै प्रधानमन्त्री ओलीले देशलाई पूर्वहरूको विषाक्त विचारबाट मुलुकलाई जोगाइने बताए ।‘यसअघि न्यापालिकाको नेतृत्व गरेकाहरुको ताण्डव पनि देखिँदैछ । राज्यको पेन्सन खाएर न्यायलापको हुर्मत लिने ? आफ्नो कार्यकालमा केही नगर्ने, अहिले सडकमा हस्तक्षेपकारी ताण्डव गर्ने ? हाम्रो लोकतन्त्रलाई आउटडेटेड इलेमेन्टबाट जोगाइन्छ, जोगाउँछौं ।’ प्रधानमन्त्री ओलील भने,

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*