माओवादी केन्द्र ताप्लेजुङले कोभिड रोकथाम तथा नियन्त्रण गर्ने
ताप्लेजुङ । नेपाल कम्युनिष्ट माओवादी केन्द्र ताप्लेजुङले जिल्लामा समुदाय स्तरमै कोरोना भाईरस फैलिएको भन्दै यसको यसको रोकथाम र नियन्त्रणको लागि समुदाय स्तरमा सहजिकरण गर्ने भएको छ ।
कोभिड नियन्त्रणको लागि सहयोगी र स्वयमसेवी भुमिका निवार्हको लागि जिल्ला स्तरीय र पालिका स्तरीय समिति गठन गरेको हो । जिल्ला स्तरीय समितिको नेतृत्व पार्टी ईन्चार्ज खेलप्रसाद बुढाथोकीले परागको संयोजकत्वमा ७ सदस्यीय समिति बनाएको छ जस्मा अध्यक्ष विजय प्रकाश बनेम सदस्यहरु लक्ष्मीप्रसाद अङछङवो,मिड्माडण्डु लामा,विष्णुकुमार हाङवाङ,सुरज ओझा,बमबहादुर भट्टराई,उदयनारायण दुलाल रहेको छन ।
पालिका स्तरको फुङलिङमा सागर गौतम,सिरिजंघामा मदन दाहाल,पाथीभरा याङवरकमा ठाकुर लिम्बु,सिदिङवामा कृष्णकुमारी कडरिया,आठराईमा सुर्य आङबुहाङ र मैवाखोलामा लालबहादुर मगर,मेरिङदेनमा दावछिरिङ शेर्पा, मिक्वाखोलामा चन्द्रकला गुरुङ र फक्ताङलुङ मा मानबहादुर केसीलाई संयोजन गर्ने जिम्मेवारी सहित समिति निर्माण गरेको माओवादी केन्द्रले जनाएको छ ।
समितिले स्थानीय स्तरमा कोरोनाबाट बच्ने उपाय सम्बन्धि जनचेतना,आवश्यक राहत तथा सहयोगको लागि सम्बन्धि निकायमा अनुरोध गर्ने,शंकास्पद विरामीहरुलाई स्वास्थ्य उपचार गर्न गराउन आवश्यक सुझाव तथा सल्लाह प्रदान गर्ने, आवश्यक स्वास्थ्य सामाग्री जुटाउन सहयोग गर्ने,संक्रमित भई मृत्यु भएकोको लाश ब्यवस्थापन गर्न सहयोग गर्ने, हवाई एम्बुलेन्स तथा सवारी साधनको भाडा बुद्धि औषधि तथा खाद्यान्न लगायत अत्यावश्क बस्तुको मूल्य बुद्धि तथा कृतिम अभाब हुन नदिन सम्बन्धि निकायलाई खबरदारी गर्ने लगायतका कार्य गर्ने माओवादी केन्द्र ताप्लेजुङका अध्यक्ष बिजयप्रकाश वनेमले बताउनुभयो ।






















