बार्सिलोनाका महिला टिमलाई तीन उपाधि

एजेन्सी । स्पेनिस महिला फुटबल क्लब बार्सिलोनाले कोपा डे ला रेनाको उपाधि हात पारेको छ । आइतबार राति भएको फाइनल खेलमा लेभान्टेमाथि ४–२ गोलको जित निकाल्दै बार्सिलोनाले यो सिजन तीन उपाधि हात पार्न सफल भएको हो ।
यसअघि बार्सिलोनाले ला लिगा (प्रिमेरा डिभिजन), र वुमन्स च्याम्पियन्स लिगको उपाधि जिति सकेको थियो । कोपा डे ला रेनाको उपाधि जितेसँगै यस सिजन बार्सिलोनाले ट्रफीमा ह्याट्रिक गरेको छ ।
गए राति बार्सिलोनालाई उपाधि दिलाउन एलेक्सिया पुटेलासले दुई गोल गर्दा प्याट्रिक गुइजारो, मार्टा तोरेजोनले समान एक–एक गोल गरेका थिए । लेभान्टेका अल्बा रेडन्डो र स्टेफानिया बनिनीले एक–एक गोलका थिए ।