सुकेटार विमानस्थलको नाम परिर्वतन गरेको भन्दै ताप्लेजुङका राजनीतिक दलको विरोध (भिडियो सहित)
ताप्लेजुङ । सरकारले आर्थिक वर्ष २०७८÷७९ को बजेटमार्फत् सुकेटार विमानस्थलको नाम रवीन्द्र अधिकारी विमानस्थल नाममा परिर्वतन गरेपछि ताप्लेजुङका राजनीतिक दलले विरोध गरेको छ ।
आईतवार ताप्लेजुङका ७ राजनीतिक दलहरुले सयुक्त प्रेस बक्तब्य जारी गदै विरोध गरेको हो । राजनीतिक दलले संयुक्त प्रेस विज्ञाप्ति मार्फत नेपाल सरकारलाई नामलाई तत्काल सच्याएर सुकेटार बनाउने र सुकेटार बाहेक कुनै नाम स्वीकार्य नहुने विज्ञाप्तिमा उल्लेख गरेका छन् ।
विज्ञप्तीमा भनिएको छ, बजेटको ३५६ नम्बरको बुदामा सुकेटार विमान स्थललाई हटाएर रविन्द्र अधिकारी विमान स्थल बनाउने भनिएकोमा तत्काल यसलाई सच्याएर सुकेटार नै बनाउन अपील गरिएको छ । विज्ञाप्तिमा ताप्लेजुङबासीको मर्म र भावनालाई कुल्चिएर ऐतिहासिक पहिचान मौलिक संस्कृति माथिको हस्तक्षेप भएको भन्दै तत्काल नसच्याए कडा आन्दोलन गर्ने चेतावनी समेत दिएको छ ।
विज्ञप्तीमा नेकपा एमालेका अध्यक्ष बलबहादुर साम्सुहाङ, नेकपा माओबादी केन्द्रका अध्यक्ष विजयप्रकास वनेम, नेपाली काँग्रेसका कार्यबाहक सभापति मणी प्रसाद लाबुङ, जनता समाजबादी पार्टीका अध्यक्ष किर्तिमान मादेन, राष्ट्रिय प्रजातन्त्र पार्टीका क्षेत्रीय सदस्य यामकुमार दाहाल, राष्ट्रिय जनमुक्ति पार्टीका अध्यक्ष ईन्द्रकुमार थलङ र संघिय लिम्बुवान मञ्चका सचिब अशोक मादेनले हस्ताक्षर गर्नु भएको छ ।
उता ताप्लेजुङ सरोकार केन्द्रले ऐतिहासिक थलो सुकेटार आफ्नै पहिचान बोकेको एउटा सुन्दर र रमणीय ठाउँ हो भन्दै यसको नाम परिर्वतन गरेकोमा खेद प्रकट गदै निन्दा र भत्र्सना गरेको छ । आईतवार प्रेस विज्ञप्ती प्रकाशित गदै सरोकार केन्द्रले सुकेटार सबैको लागि प्रिय, गौरवपूर्ण भएको उल्लेख गदै ताप्लेजुङवासीको मनमस्तिस्क र जनजिब्रोमा रहेको यो प्रिय र ऐतिहासिक नामलाई एकाएक रविन्द्र अधिकारी विमानस्थलमा परिणत गरिएकोप्रति आपति जनाएको हो ।
सरोकार केन्द्रका अध्यक्ष चित्रगुप्त साँवाद्धारा हस्ताक्षरित विज्ञप्तीमा स्थानीय र सरोकारवालाको माग भएमा ऐतिहासिक र औचित्यताको आधार कुनै पनि ठाउँको नाम परिवर्तन गर्नु पर्ने हुनसक्छ । स्थानीयको माग पनि नभई, ऐतिहासिकतालाई ख्यालै नगरी स्वेच्छाचारी तरिकाले नाम फेर्ने कुराले समाजलाई भाड्ने मात्रै गर्छ । त्यसैले पुर्व पर्यटनमन्त्री स्व. रविन्द्र अधिकारीप्रति आदर र सम्मान व्यक्त गर्दै ताप्लेजुङ सरोकार केन्द्र, काठमाडौं ताप्लेजुङवासीको चाहना र भावना विपरित गरिएको नामाकरणलाई तुरुन्त सच्याइ विमानस्लथलको नाम सुकेटार विमानस्थल नै कायम गर्न जोडदार माग समेत गरेका छ । साथै ताप्लेजुङ सरोकार केन्द्र सम्पूर्ण ताप्लेजुङवासीहरु र सरोकारवालहरु समक्ष यस गलत कार्यको विरोधमा उभिन हार्दिक आव्हान समेत गरेको छ ।
सात दल र सरोकार केन्द्रको बिज्ञप्ती





















