सुकेटार विमानस्थलको नाम परिर्वतन प्रति योगेश भट्टराईको असन्तुष्टी
ताप्लेजुङ । पूर्व मन्त्री योगेश भट्टराईले ताप्लेजुङको सुकेटार विमानस्थलको नाम परिर्वतन प्रति असन्तुष्टी ब्यक्त गर्नु भएको छ ।
सरकारले बजेट बक्तब्यमा मार्फत सुकेटार विमानस्थलको नाम रविन्द्र अधिकारी राख्ने घोषणा गरेपछि पूर्वमन्त्री भट्टराईले सामाजिक सञ्जाल मार्फत असन्तुष्टी ब्यक्त गर्नु भएको हो । उहाँले भन्नुभयो ऐतिहासिक रुपमा कुनै नाम वा बिशेषताबाट चिनिएका स्थानहरुको परिचय बदल्नुभन्दा अघि छलफल र विमर्श आवश्य भएको बताउनुभयो ।
‘ऐतिहासिक रुपमा कुनै नाम वा बिशेषताबाट चिनिएका स्थानहरुको परिचय बदल्नुभन्दा अघि त्यसको आबश्यकता, औचित्यता, सान्दर्भीकता र परिणामका बारेमा स्थानीय सरोकारवाला समुह, जनप्रतिनिधिसहित नागरिक स्तरमा व्यापक छलफल र बिमर्श गरी सहमति निर्माण गर्नु पर्ने उल्लेख गर्नु भएको छ ।
यता सामाजिक सञ्जालमा विमानस्थललको नाम परिवतन गरेको प्रति ताप्लेजुङका जनताहरुले ब्यापक असन्तुष्ठी ब्यक्त गरेको छ । यहाँका राजनीतिक दलहरुले पनि सुकेटार विमानस्थलको नाम परिर्वतन गरेको असन्तुष्ठी ब्यक्त गर्दै आईतवार पत्रकार सम्मेलन गरेर सरकारलाई ऐतिहासिकता बोकेको सुकेटारको विमानस्थलको नाम परिर्वतन नगराउने सरकारको ध्यानाकर्ष गर्ने नेकपा माओवादीको जिल्ला संयोजक विजय किरातले बताउनुभयो ।



















