ताप्लेजुङका ६ जना कैदीकाे सजाय मिनाहा
ताप्लेजुङ ।गणतन्त्र दिवसको अवसरमा ताप्लेजुङ कारागारका ६ जना कैदीले बाकी सजाय माफी मिनाहा पाएका छन । कारागार शाखाका कार्यालय प्रमुख (जेलर) कुलेन्द्र खवासका अनुसार मेरिङदेन गाउपालिका ४ का डिल्ली लंवा लिम्वू, फुङलिङ नगरपालिका ३ का प्रदिप न्यौपाने, नगरपालिका ९ कै मनकुमार रेग्मी, मिक्वाखोला ३ का खाण्डुभन्ने साजन शेर्पा, मैवाखोला ४ का सन्तोष भन्ने कुमार लिम्ब र मनकुमार संयोग लिम्वूले माफी मिनाहा पाएका हुन । कारागार शाखाका अनुसार डिल्ली ज्यानमार्ने उद्योग, प्रदिप गोरु काटी मारेको, मनकुमार वहु तथा वालविवाह, साजन सवारी ज्यान, कुमार र मनकुमार कर्तब्य ज्यान मुद्धाामा कारागार चलान भएका थिए ।



















