उद्योग बाणिज्य संघ ताप्लेजुङलाई २४ घण्टे पत्र

बाणिज्य संघले आज बुझाउने
वेलकम खबर
जेष्ठ ११, २०७८

ताप्लेजुङ । ताप्लेजुङमा खाद्यान्न तथा उपभोग्य बस्तुको मूल्य बढेको ब्यापक जनगुनासो आएपछि जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले उद्योग बाणिज्य संघ ताप्लेजुङलाई २४ घण्टे पत्र काटेको छ ।
कोरोना महामारीको मौका छोपी व्यापारी तथा व्यवसायीले आफूखुशी उपभोग्य वस्तुको मूल्य बढाएकोभन्दै चौतर्फी विरोध र आलोचना हुन थालेपछि जिल्ला प्रशासन कार्यालयले मंगलवार मूल्यसूची बुझाउन पत्राचार गरेको हो । ।
प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले गत २०७८ बैशाख २० गते अघिको र २० गते देखि जेठ १० गते सम्मको मौज्दाज खाद्यान्न,मूल्य सूची बुझाउन पत्र काटेको हो ।

उद्योग बाणिज्य संघको कार्यबहाक अध्यक्ष दिनेश अधिकारीले सो समय अथवा वैशाख २० गते भन्दा अघि खाद्यान्नमा मूल्य कम, ढुवानीमा पनि मूल्य कम अहिले चामलमा ३ देखि ५ रुपैया प्रतिकेजी तेलमा पनि बुद्धि भएको बताउदै हाल लकडाउनमा तलैबाट मूल्य बढेका कारण जिल्लामा पनि मूल्य बुद्धि भएको बताउदै सोही अनुसारको वितवरण जिल्ला प्रशासन कार्यालयमा बुझाउन लागिएको बताउनुभयो ।

उद्योग बाणिज्य संघले जिल्ला प्रशासन कार्यालयमा बुझाएको मूल्यसूची

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*