केपी एमालेकाे कार्वाही पछि झलनाथ खनालले भने ओली कम्युनिस्ट आन्दोलनको गद्दार हुन

वेलकम खबर
जेष्ठ १०, २०७८

काठमाडौं । नेकपा एमालेका नेता झलनाथ खनालले केपी ओली ‘कम्युनिस्ट आन्दोलनको गद्दार’ भएको आरोप लगाएका छन् । सोमबार ओली पक्षीय स्थायी कमिटी बैठकले खनाल–नेपाल पक्षका सांसदलाई कारबाही गरेपछि नेता खनालले ओलीलाई ‘गद्दार’ भनेका हुन् ।

“केपी ओली कम्युनिस्ट आन्दोलनका गद्दार हुन् । उनले गर्ने निर्णयले हाम्रो राैँ हल्लिदैन,” उनले भने आज बालुवाटारमा बसेको स्थायी कमिटी बैठकले स्पष्टीकरण सोधेका ११ सांसदलाई निष्कासन गरेको थियाे ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्ने सांसदहरुलाई कारबाही गरेको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*