बुबासँगै सगरमाथाको चुचुरोमा पुगे १७ वर्षीय सोनाम

सबै भन्दा कान्छाे हुन सक्ने अनुमान
वेलकम खबर
जेष्ठ ९, २०७८

काठमाडौ ।हिमाल आरोही पूर्णकुमार (पीके) शेर्पाका १७ वर्षीय छोराले सगरमाथाको सफल आरोहण गरेका छन् । पीकेका १७ वर्षीया छोरा सोनाम आइतबार बिहान ८ बजेर ५० मिनेटमा सगरमाथाको चुचुरोमा पुगेका हुन् । ताप्लेजुङ मैवाखोला गाउँपालिका ४ साँघुका उनले सगरमाथाको सफल आरोहण गरेको आरोहणका लागि उनलाई पठाएको कम्पनी हिमालय गाइड्स ट्रेक्स एण्ड एक्सपिडिसनका प्रबन्धक इश्वरी पौडेलले बताए ।

सोनाम तयारीका लागि एक महिनाअघि नै सगरमाथा बेस क्याम्प पुगेका थिए । उनका पीता पिके भने अनुमतिपत्र लिएर वैशाख २४ गते गएका हुन् । गत महिना मात्रै ताप्लेजुङबाट नागरिकता बनाएका सोनाम सबैभन्दा कान्छा आरोही हुन सक्ने अनुमान गरिएको छ ।शर्मा बाबु छोरा विश्वभरको समस्याको रुपमा रहेको ‘जलबायु परिवर्तनले पारेकाे असर’ न्युनिकरणका लागि विश्व समुदायलाई आह्वान गर्दै ‘प्रकृति बचाऊ’ भन्ने अभियान्ता पनि हुन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*