आज जीवनकै कठिन दिन : याेगेश भट्टराई

वेलकम खबर
जेष्ठ ७, २०७८

काठमाण्डाै । नेकपा एमालेका नेता योगेश भट्टराईले आज आफ्नो राजनीतिक जीवन सबैभन्दा कठिन दिन भएको बताएका छन् ।

शुक्रबार साँझ सामाजिक सञ्जालमार्फत नेता भट्टराईले पार्टी एकतालाई जोगाउन आफूले प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा उभिएको बताएका छन् । माधव नेपाल समूहका नेता भट्टराईले आज विपक्षी दलबाट शेरबहादुर देउवाको पक्षमा गरेको हस्ताक्षर फिर्ता गरेका थिए ।

‘मेरो राजनीतिक जीवन कै सबैभन्दा कठिन दिन आज । नेकपा एमालेको एकतालाई जोगाउन सकिन्छ कि भन्ने आशाले मैले आजको निर्णय लिएको हुँ । सहि गरेकी, गलत गरें ईतिहासको कठोर मुल्याङ्कनमा खडा छु’, उनले भनेका छन् ।     एमालेका नेताहरु सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, गोकर्ण विष्टसहित सांसदहरु दिपकप्रकाश भट्ट, गणेश पहाडी लगायतले देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर नगरेको भने पनि उनीहरुको आधिकारिक वक्तव्य आएको छैन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*