बिपक्षी गठबन्धनअगावै प्रधानमन्त्रीको दावीसहित शीतलनिवासमा ओलीको पत्र, १ सय ५३ सांसदको हस्ताक्षर

वेलकम खबर
जेष्ठ ७, २०७८

काठमाडौं ।प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले बहुमत सांसदको हस्ताक्षरसहित राष्ट्रपति कार्यालयमा प्रधानमन्त्रीको दावीसहित पत्र बुझाउनु भएको छ । एमालेका १ सय २१ सांसद र जनता समाजवादी पार्टी (जसपा) का ३२ जना सांसदको हस्ताक्षरसहित प्रधानमन्त्री नियुक्त गर्न ओलीले पत्र बुझाउनु भएको हो ।

बहुमत सांसदको हस्ताक्षर लिएर ओली आधा घण्टा अगाडि शीतलनिवास जानुभएको हो । शीतलनिवास स्रोतले प्रधानमन्त्रीमा पुनः दावीसहित एमाले अध्यक्ष ओलीले १ सय ५३ सांसदको हस्ताक्षरसहितको पत्र बुझाउनु भएको पुष्टि गरेको छ ।

‘प्रधानमन्त्रीमा दावीसहित उहाँ (ओली)ले बहुमत सांसदको हस्ताक्षरसहितको पत्र बुझाउनु भएको छ,’ राष्ट्रपति सचिवालयका एक सदस्यले जनताटाइम्ससँग भने । उनका अनुसार राष्ट्रपति बिद्यादेवी भण्डारीले संबिधानको धारा ७६ को उपधारा ५ अनुसार सरकार गठनको आह्वान गरेपछि प्रधानमन्त्री नियुक्त गर्न दावीसहित राष्ट्रपति समक्ष पत्र बुझाइएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*