बहुमत पुर्याएर राष्ट्रपतिकोमा जाने तयारीमा विपक्षी गठबन्धन
काठमाडौ । बिपक्षी गठबन्धनले राष्ट्रपतिले दिएको समयसीमा भित्र बहुमतको सरकार गठनको दावी पेश गर्ने तयारी गरेका छन् ।शुक्रबार बिहान कांग्रेस सभापति शेरबहादुर देउवाको निवासमा भएको नेताहरुको छलफलपछि देउवालाई प्रधानमन्त्रीका रुपमा अघि सारेर सरकार गठन गर्न बहुमत जुटाउने प्रयासलाई तीव्रता दिइएको हो। विपक्षी गठबन्धनले सांसदहरुको हस्ताक्षर संकलन सुरु गरेको एक नेताले बताए।बिहानदेखि विभिन्न तहमा भएका छलफलमा कांग्रेस, माओवादी केन्द्र, जनतासमाजवादीका अध्यक्ष उपेन्द्र यादव पक्ष र एमालेकै झलनाथ खनाल र माधवकुमारनेपाल पक्षका सांसदहरुको हस्ताक्षरमा प्रधानमन्त्रीको दावा प्रस्तुत गर्ने तयारीभएको कांग्रेसका एक नेताले बताए। ‘अहिले बहुमत जुटाएर जाने सम्मकोकुराकानी भएको छ, अन्तिम टुंगो लगाउन हामी अपरान्ह ३ बजे फेरि बस्दै छौं,’ती नेताले भने।अहिले संसदमा कांग्रेसको ६१, माओवादी केद्रको ४९, एमालेका खनाल–नेपाल समूहको २८ सांसद छन्। जसपाको यादव समूहको १५ सांसद भएको दावी छ। ३२सांसद रहेको जसपामा अर्का अध्यक्ष महन्थ ठाकुर र राजेन्द्र महतो पक्षले भनेआफूतिर बहुमत रहेको दावी गर्दै आएका छन्। प्रधानमन्त्रीले बैशाख २७ गतेविश्वासको मत लिँदा जसपमा ठाकुर र यादव पक्षमा १५/१५ सांसद देखिएका थिए।एमालेको खनाल–नेपाल पक्षमा रहेका सांसदले हस्ताक्षर गरेमा देउवा नेतृत्वमा सरकार बनाउन बहुमत संख्या नै पुग्छ। संविधानके धारा ७६ (५) प्रतिनिधिसभाकाकुनै पनि सदस्यले बहुमत पुर्याउन सक्ने आधार प्रस्तुत गरेमा राष्ट्रपतिले त्यस्तोसदस्यलाई प्रधानमन्त्री नियुक्ति गर्नुपर्ने संवैधानिक व्यवस्था छ।प्रधानमन्त्री ओलीले संविधान बमोजिम राजीनामा वा विश्वासको मतमा असफलभएपछि संविधानको धारा ७६(५) अनुसारको पकृया अघि बढ्नु पर्नेमा त्यसोनगरी राष्ट्रपति र प्रधानमन्त्रीको मिलीभगतमा संविधानविपरित सरकार निर्माणकालागि हिजो राती आह्रवान भएको थियो।प्रधानमन्त्री ओलीले एकपछि अर्को संबैधानिक प्रवन्ध मिच्दै गएपछि कुनै पनिहालतमा उनको विकल्प खोज्नुपर्ने निष्कर्षमा विपक्षी दलहरु पुगेका थिए।‘संविधान र प्रणालीको रक्षाका लागि जस्तोसुकै विकल्प्मा पनि जानुपर्छ भनेरहामीले छलफल चलाएका छौं, भरसम्म हामी विकल्प लिएर जानेमा ढुक्क छौं,’देउवा निकट स्रोतले भन्यो।



















