जिल्ला अस्पताल ताप्लेजुङमा चिकित्सक नहुदा गर्भवतीलाई सास्ती

वेलकम खबर
जेष्ठ ७, २०७८

ताप्लेजुङ,। ताप्लेजुङको फुङलिङ नगरपालिका–३ मेदिबुङकी विमला गुरुङलाई सोमबार प्रसूति व्यथाले च्यापेपछि आफन्तले जिल्ला अस्पताल पुर्‍याए ।ढिलो गरी व्यथा लागेकाले डाक्टरले शल्यक्रिया आवश्यक हुन सक्ने बताए । जिल्लामा शल्यक्रियाबाट सुत्केरी गराउने चिकित्सक नभएकाले भिडियो एक्सरे लगायतका परीक्षणपछि उनलाई शल्यक्रिया हुने नजिकको छिमेकी जिल्ला पाँचथर जान सुझाए । फुङलिङ नगरपालिका–२ की कल्पना पौडेललाई वैशाख २७ गते प्रसूतिका लागि जिल्ला अस्पताल पुर्‍याइयो । बिहानै पुगेकी उनलाई अस्पतालले दिनभरि जाँच गरेपछि बेलुका ६ बजे रेफर गर्‍यो । एम्बुलेन्स खोजेर राति १ बजेतिर पाँचथर अस्पताल पुगे ।जिल्ला अस्पताल ताप्लेजुङमा शल्यक्रिया गर्ने डाक्टर नहुँदा गर्भवती महिलाले पाँचथर अस्पताल धाउनुपरेको छ । शल्यक्रिया गर्ने डा. राजन घिमिरेसँगको सम्झौता सकिएको र अर्का डा. एनिश श्रेष्ठ डेढमहिने तालिममा गएकाले शल्यक्रिया गर्ने चिकित्सक नभएको अस्पताल प्रमुख डा. सोनिम लामा बताउँछन् ।उनका अनुसार श्रेष्ठ असार दोस्रो साता मात्रै तालिम सकेर फर्कन्छन् । त्यतिन्जेलका लागि सरकारले अर्को व्यवस्था नगरे रेफर गर्नुको विकल्प नभएको लामा बताउँछन् । ekantipur

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*