ओली र नेता नेपालबीच वार्ता सकरात्मक, माधव समूहले राजीनामा नदिने

वेलकम खबर
बैशाख ३०, २०७८

काठमाडौं। एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीचको वार्ता सकिएको छ। दिउँसो २ बजेपछि शुरु भएको वार्ता ६ बजेसम्म चलेको हो। व्यवसायी रामेश्वर थापाको चपलीहाइटस्थित घरमा वार्ता भएको हो।

वार्तापछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेता नेपालले वार्ता सकरात्मक भएको प्रतिक्रिया दिएका छन्। उनले भने, ‘मैले अस्ति पठाएको पत्रमा प्रस्ताव गरेको ६ बुँदामा छलफल भयो। फागुन २८ को निर्णय कसरी फिर्ता लिने भन्ने विषयमा कुरा भयो। छलफल जारी रहन्छ।’

उनले सासंद पदबाट राजीनामा दिने विषय केही समयलाई टरेको उनले बताए। उनले अहिले नै सहमति भने भइनसकेको तर विभिन्न चरणमा वार्ता जारी रहेको बताए। वार्ताबाट बाहिर निस्किँदा नेता नेपाल खुशी नै देखिएका छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*