माधव नेपालसहित चार जना नेताको कारबाही फूकुवा गर्ने एमालेको निर्णय
वेलकम खबर
बैशाख ३०, २०७८
काठमाण्डाै । नेकपा एमालेले वरिष्ठ नेता माधव नेपालसहितका चार जना नेतामाथिको कारबाही फकुवा गरेको छ ।
बिहीबार बसेको नेकपा एमालेको स्थायनी कमिटी बैठकले नेता नेपालसहित चार जना नेताहरुको कारबाही फुकुवा गरेको हो ।
पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले कारबाही फुकुवाको प्रस्ताव बैठकमा पेश गरेका थिए । बैठकले उनले गरेको प्रस्तावलाई अनुमोदन गरेको हो ।
बैठकले नेता नेपालसहित घनश्याम भुसाल, सुरेन्द्र पाण्डे र भीम रावलमाथिको कारबाही फकुवा गरेको हो ।



















