२०७५ जेठ २ मा फर्कन ओली तयार, राजीनामा रोक्न बालुवाटारको सन्देश !
काठमाडौं । नेकपा (एमाले) को आन्तरिक विवाद समाधानको लागि आज निर्णायक पहल गरिने भएको छ । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधव कुमार नेपालसँग एक्लाएक्लै भेटवार्ता गर्ने तयारी गरेका छन् । स्रोतकाअनुसार नेपाल पक्षले अघि सारेको मागबमोजिम पार्टी एकता जोगाउन अध्यक्ष ओली २०७५ साल जेठ २ गते फर्कन तयार भएका छन् ।
संविधानको धारा ७६ को २ अनुसार गठबन्धनको सरकार बनाउनेगरि तयारीमा जुटेको नेपाली कांग्रेस पनि माधव नेपाल पक्षको निर्णय कुरेर बसेको थियो । तर, अहिलेसम्म नेपाल पक्षले ठोस निर्णय नगरेको र जसपाले पनि निर्णय नगरेकोले कांग्रेस आँफै अन्यौलमा छ । राष्ट्रपति वैकल्पिक सरकार गठनको लागि आज राति ९ बजेसम्मको समय दिएकी छिन् ।



















