पूरा कार्यकाल किन टिक्दैनन् सरकार ?
काठमाडौं । राजनीतिक स्थिरताको नारा दिई मत बटुलेर प्रधानमन्त्री भएका केपी शर्मा ओली ३ वर्ष २ महिना २५ दिन सरकार चलाएर पदमुक्त भए । प्रजातन्त्र पुनःस्थापनापछिको ३० वर्षमा छिटोछिटो सरकार फेरिएर दिक्क भएका जनता फेरि एकपटक निराश बनेका छन् ।
‘शक्तिमा आएपछि नेताहरूमा अहंकार बढ्ने, पार्टी राष्ट्र जे हुँ मै हुँ भन्ने व्यवहार देखाउने, राजा महाराजाले जस्तो हुकुमी शासन चलाउन खोज्ने, लोकतान्त्रिक संस्थाहरूप्रति उत्तरदायी नहुने प्रवृत्ति नै मूल समस्या हो,’ उनले भने, ‘ओलीजीमा पनि त्यही देखिएको हो । पार्टीमा अलिकित लचिलो भइदिएको भए मज्जाले ५ वर्ष सरकार चल्थ्यो ।’
ओली बहिरिएपछि प्रतिनिधिसभाको बाँकी अवधिका लागि अब मिलीजुली सरकार बन्नसक्ने झिनो सम्भावना छ । त्यस्तो मिलीजुली सरकारले थप राजनीतिक अस्थिरता ल्याउने, पालोपालो प्रधानमन्त्री फेरिने सम्भावना बढेर जान सक्छ । दलहरूबीच गठबन्धन बन्न नसके मुलुक चुनावमा होमिनेछ । ‘अर्ली इलेक्सन’ ले कोभिडले आक्रान्त मुलुकमाथि अनावश्यक समयमा ठूलो आर्थिक भार पर्नेछ ।
प्राध्यापक ओम गुरुङ जनमतको संरक्षण नगरी मुलुकलाई अस्थिरतातर्फ धकेल्नु जनतासँग गरिएको धोकाधडीका रूपमा व्याख्या गर्छन् । ‘स्थिरता दिन्छु भन्ने प्रतिबद्धता जनाएपछि जनताले ५ वर्ष सरकार चलाऊ भनेर विश्वासका साथ मत दिएका थिए,’ उनले भने, ‘तर, आज नेताले त्यसप्रति बेइमानी गरेका छन् ।’
नेताहरू शक्तिकेन्द्रको गोटी बन्नुको परिणाम मुलुकले व्योहर्नु पर्दै आएको उनको विश्लेषण छ । दलभित्रको आन्तरिक कलहका कारण नेपालमा अस्थिरता कायम राखे आफ्नो स्वार्थ पूर्ति हुन्छ भन्ने शक्तिकेन्द्रहरूले खेल्ने मौका पाएका गुरुङ बताउँछन् । यो समाचार कान्तिपुर दैनिकमा छ ।



















