मुख्यमन्त्रीमा फेरि पृथ्वीसुब्बा नियुक्त

वेलकम खबर
बैशाख २९, २०७८

पोखरा : गण्डकी प्रदेश सभामा पृथ्वीसुब्बा गुरुङलाई मुख्यमन्त्री नियुक्त गरिएको छ । प्रदेश प्रमुख सीताकुमारी पौडेलले गुरुङलाई बुधबार मुख्यमन्त्रीमा नियुक्त गरेकी छन् ।

२६ वैशाखमा पृथ्वीसुब्बा गुरुङले राजीनामा दिएपछि प्रदेश प्रमुख पौडेलले ३ दिनभित्र बहुमतको सरकार दाबी गर्न समय दिएकी थिइन् । ३ दिनको समयसिमा आज सकिएको छ ।  नेपालको संविधानको १६८ ९२० अनुसार ३ दिनभित्र बहुमत दाबी गर्न पौडेलले दिएको समयसिमाभित्र ३१ सांसदको हस्ताक्षर बुझाउन  सकेनन् । यसकारण प्रदेश प्रमुख पौडेलले १६८ ९३० अनुसार ठूलो दलको हैसियतले एमालेका संसदीय दलका नेता गुरुङलाई मुख्यमन्त्रीमा नियुक्त गरेकी हुन् ।

जनमोर्चाका संसदीय दलका नेता कृष्ण थापा र अर्का सांसद खिमविक्रम शाहीले साथ नदिएपछि कांग्रेसका संसदीय दलका नेता कृष्णचन्द्र नेपालीले आफ्नो पक्षमा ३१ जना सांसदको हस्ताक्षर पुर्याउन नसकेका हुन् ।  उनको पक्षमा २९ जनाले हस्ताक्षर गरेको बताइएको छ ।

आज ४ बजेसम्म हस्ताक्षर बुझाउनु पर्ने थियो । तर थापा विहानै जन्मथलो बागलुङ गएका थिए । उनलाई कारवाही गरेर सदनमा ५९ सांसद बनाएर बहुमत पुर्याउने प्रयास गरिएको भएपनि उनलाई कारवाही गरेको पत्र प्रदेश प्रमुखकोमा पुग्नु अगावै थापाले प्रदेश प्रमखुलाई पत्र लेखेर आफूमाथि गैरकानुनी कारवाही गरिएको बताएका थिए । मुख्यमन्त्रीमा पृथ्वीसुब्बा गुरुङले केही बेरमा शपथ ग्रहण गर्दैछन् । उनले आज शपथ लिएपछि १ महिनामा विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*