नेपाल पक्षका नेतासँग विष्णु पौडेल छलफल गर्दै
वेलकम खबर
बैशाख २७, २०७८
काठमाडौ । खनाल-नेपाल समूहका नेतासँग प्रधानमन्त्री केपी ओलीको प्रतिनिधिका रूपमा विष्णु पौडेलले छलफल गरिरहेका छन्।
सिंहदरबारस्थित एमाले संसदीय दलको हलमा जारी बैठकमा विष्णु पौडेलले खनाल-नेपाल समूहका गोकर्ण विष्ट, घनश्याम भुसाल र योगेश भट्टराई छन्।
आजै खनाल-नेपाल समूहले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिने संसद बैठकमा अनुपस्थित हुने निर्णय गरिसकेको छ भने प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जालमा लेख्दै सँगै बसेर छलफल गर्न नेपाल पक्षलाई आह्वान गरेका छन्।



















