प्रधानमन्त्री ओलीले घनश्याम र योगेशसँग गरे ३ घन्टा लामो छलफल

वेलकम खबर
बैशाख २४, २०७८

काठमाडौं । सत्तारुढ नेकपा एमालको विभाजन रोक्न नेताहरुबीच निरन्तर सम्वाद भइरहेको छ । नेताहरुका अनुसार आज पनि सम्वादहरु हुनेछन् । तर अहिलेसम्म सम्वादले कुनै ठोस आकार लिएको छैन ।

पार्र्टीमा समानान्तर संरचना बनाएको माधव नेपाल समूहले २७ वैशाखमा प्रधानमन्त्रीले विश्वासको मत लिनु अगाडि नै विपक्षी दलहरुको बहुमत पुग्ने गरी सांसदहरुको राजीनामा दिने तयारी गर्नुका साथै राष्ट्रियसभा निर्वाचनमा नेपाली कांग्रेस, माओवादी केन्द्र र जसपाको बाबुराम भट्टराई र उपेन्द्र यादव पक्षसँग मिलेर साझा उम्मेदवार बनाएपछि अध्यक्ष ओली झस्किएका थिए ।

सहमतिको प्रयासमा विहीबार एमाले वरिष्ठ नेता माधवकुमार नेपालले राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्दा एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले माधव समूहका नेताद्धय घनश्याम भुसाल र योगेश भट्टराईलाई भेटेका छन् ।

त्यसअघि बिहीबार नै अर्थमन्त्री समेत रहेका विष्णु पौडेलले नेपाल समूहका नेतमाहरु योगेश भट्टराई, सुरेन्द्र पाण्डे र गोकर्ण विष्टसँग पनि सम्वाद गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*