नेपाली काङ्ग्रेस फुङ्गलिङ नगर सभापति गुरुङको उपचारको क्रममा मृत्यु
वेलकम खबर
बैशाख १०, २०७८
ताप्लेजुङ। नेपाली काङ्ग्रेस ताप्लेजुङ फुङ्गलिङ नगर सभापति शिवकुमार गुरुङको निधन भएको छ ।
निमोनिया सङ्क्रमणका कारण शुक्रबार बिहान ९ बजे बिएन्डसि हस्पिटल बिर्तामोडमा मृत्यु भएको पारिवारिक श्रोतले बताएको छ ।गुरुङलाई आईसियु वार्डमा राखेर उपचार गरिएको थियो । अस्पतालले गुरुङलाई कारोनासँग मिल्दोजुल्दो लक्षण भएको जनाएको छ । आजै २ः३० पछि कोरोनाको रिपोर्ट आउने अस्पताल प्रशासनले जनाएको छ ।
गत शाता गुरुङ झापा लगायतको जिल्लामा भ्रमण गरि केही दिन अघि गृह जिल्लामा आएर विरामी भएपछि थप उपचारको लागि विएण्डसी लगिएको थियो ।



















