एमालेका २७ सांसदलाई अध्यक्ष ओलीको प्रश्न : तपाईंलाई सांसद पदबाट किन नहटाउने ?

वेलकम खबर
बैशाख ७, २०७८

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका २७ सांसदलाई स्पष्टीकरण सोधेका छन् ।

अध्यक्ष ओलीले मंगलबार माधवकुमार नेपाल समूहमा रहेका २७ प्रतिनिधिसभा सदस्यलाई स्पष्टीकरण सोधेका हुन् ।

नयाँ राजनीतिक दलको स्वरुपमा गतिविधि गरेको गरेको भन्दै उनले पठाएको पत्रमा सोधिएको छ, तपाईंलाई संघीय संसदको सदस्य पदबाट किन नहटाउने ? आधार कारणसहित तीन दिनभित्र स्पष्टीकरण पेश गर्नुहुन निर्देशन गर्दछु ।’

पत्रमा यस्ता गतिविधि कायम रहे जुनसुकै बेला थप कारबाही हुनसक्ने चेतावनी दिइएको छ ।

१) माधवकुमार नेपाल

२) भीम रावल

३) सुरेन्द्र पाण्डे

४) घनश्याम भुसाल

५) पवित्रा निरौला

६) झपट रावल

७) मेटमणि चौधरी

८) यज्ञराज सुनुवार

९) जीवनराम श्रेष्ठ

१०) झलनाथ खनाल

११) विरोध खतिवडा

१२) सोमप्रसाद पाण्डे

१३) भवानी खापुङ

१४) नारायण खतिवडा

१५) जयकुमार राई

१६) गणेश पहाडी

१७) दिपकप्रकाश भट्ट

१८) योगेशकुमार भट्टराई

१९) हिराचन्द्र केसी

२०) पुष्पाकुमारी कर्ण कायस्थ

२१) कल्याणी खड्का

२२) लक्ष्मीकुमारी चौधरी

२३) सरलाकुमारी यादव

२४) कृष्णलाल महर्जन

२५) नीरादेवी जैरु

२६) मुकुन्द नेउपाने

२७) रामकुमारी झाक्री

कर्णाली प्रदेशका सांसदः

१) प्रकाश ज्वाला

२) नन्दसिंह बुढा

३) कुर्मराज शाही

४) अम्बरबहादुर थापा

५) देवी ओली

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*