भारतमा एकैदिन २ लाख कोरोना संक्रमित

वेलकम खबर
बैशाख २, २०७८

एजेन्सी । छिमेकी मुलुक भारतमा पछिल्लो २४ घण्टामा २ लाख नयाँ संक्रमित थपिएका छन् । बुधबारमात्रै १ लाख ९९ हजार ५६९ जना नयाँ संक्रमित थपिएका हुन् ।

कोरोना भाइरस संक्रमणदर उच्च रहेको भारतमा पछिल्लो उक्त सङ्ख्यामा कोरोना संक्रमित थपिए सँगै कुल कोरोना सङ्क्रमितको संख्या १ करोड ४० लाख ७० हजार ८९० पुगेको छ ।

साथै पछिल्लो २४ घण्टामा एक हजार ३७ जनाको मृत्यु भएको छ । यो सँगै भारतमा कोरोनाबाट मृत्यु भएको संख्या एक लाख ७३ हजार १५२ पुगेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*