दोभानका आगलागी प्रभावितलाई राहत जुटने क्रम जारी
काठमाडौ । ताप्लेजुङ दोभानका आगलागी प्रभावितहरुलाई विभिन्न संघ संस्थाले सहयोग गर्ने क्रम जारी रहेका छ ।
बुधवार अर्थ मन्त्रालय तथा आन्तरिक राजश्व विभाग लाजिम्पाट अन्र्तगत र बौद्ध दर्शन तथा गुम्वा बिकास समितिमा कार्यरत कर्मचारीहरुको तर्फबाट दोभान आगलागी पीडितहरुलाई राहत स्वरुप नगद ताप्लेजुङका प्रतिनिधिसभा सदस्य तथा पूर्व मन्त्री योगेश भट्टराईलाई हस्तान्तरण गर्नु भएको हो ।

आन्तरिक राजश्वको तर्फबाट खगेन्द्र दाहालले २८ हजार पाँच सय, बौद्ध दर्शनको तर्फबाट मदन लिम्बुले ३८ हजार पाँचसय र ताप्लेजुङका निर्वतमान शसस्त्र प्रहरी नायव उपरीक्षक रबिन्द्र श्रेष्ठले ३५ हजार नगद पूर्वमन्त्री भट्टराई मार्फत आगलागी प्रभावितको हातमा पुरयाउनेका लागि हस्तान्तरण गर्नु भएको हो । त्यस्तै केही दिन अघि ओलाङचुङ समाज कल्याण परिवार, काठमाडौंले राहात स्वरुप दुई लाख एघार हजार पचपन्न रुपैया संस्थाका अध्यक्ष मिङमा लामा उक्याव सहित संस्थाका सल्लाहाकार सोनाम टासी लामा र पदाधिकारीहरुले राहात रकम हस्तान्तरण गर्नु भएको छ ।

पूर्व मन्त्री भट्टराईले सहयोगी समन्वय कर्ताहरुलाई धन्ववाद दिदै चाडै आगलागी प्रभावितहरुको हातमा सो रकम पुरयाउने बताउनुभयो ।



















