राष्ट्रपति वायु सेवा निगमको जहाजमार्फत बङ्गलादेश प्रस्थान गर्ने

वेलकम खबर
चैत्र ८, २०७७

काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारी राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को न्यारो बडी ए ३२० जहाजमार्फत बङ्गलादेश जानुहुने भएकी छन् । उनी यही चैत ९ र १० गते त्यहाँको राजकीय भ्रमण गर्दै छन् ।

निगमको कलसाइन ९ एकेएक्स उडान नं आर ए ००१ जहाजमार्फत राष्ट्रपति सार्क मुलुक बङ्गलादेश प्रस्थान गर्ने उडान तालिका रहेको प्रवक्ता करिश्मा श्रेष्ठले जानकारी दिएका छन् । काठमाडौँ बङ्गलादेश उडान अनुमानित एक घण्टा १० मिनेटको हुनेछ ।

राष्ट्रपति भण्डारी चैत १० गते बङ्गलादेशी समयानुसार अपराह्न ३ः४५ बजे काठमाडौँ फर्कने उडान तालिका रहेको छ । चार्टर्ड उडानको जहाजमा ‘रिफ्युलिङ एण्ड स्याम्पल टेष्टिङ’ उडान हुने दिन सोमबार बिहान ६ः३० बजे सकिने प्रवक्ता श्रेष्ठले जानकारी दिएका छन्

उनले राष्ट्रपतिको राजकीय भ्रमणमा राष्ट्रिय ध्वजावाहकको प्रयोग भएकामा निगम गौरवान्वित भएको बताएका छन् । यसअघि नै पनि राष्ट्र प्रमुख तथा सरकार प्रमुखले राजकीय भ्रमणका सन्दर्भमा निगमको जहाज प्रयोग गर्दैआइरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*