ओलीसँगकाे वार्तामा नेपालले भने : २८ गतेको बैठक वैधानिक छैन
काठमाडौँ — नेकपा एमाले वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले अध्यक्ष केपी शर्मा ओलीसँगको भेटमा फागुन २८ गतेको बैठक वैधानिक नभएको र त्यसलाई शून्य अवस्थामा पुर्याउनु पर्ने कुरा राखेको बताएका छन् ।
पार्टी विवाद उत्कर्षमा पुगेपछि दोस्रो तहका नेतासहित ओली र नेपाल पार्टी कार्यालय धुम्बाराहीमा सोमबार छलफल छलफलबाट बाहिरने क्रममा नेता नेपालले पार्टीभित्र पक्ष विपक्ष भएपनि आफूहरु एउटै पार्टी भएको बताए ।
हामी एउटै हौुं, उनले भने, पूर्व एमाले जुन स्थानमा थियो संरचनाको हिसाबले पदाधिकारी, सदस्यहरुको हिसाबले फर्कौं । २८ गतेको बैठक वैधानिक छैन । त्यसलाई शून्य अवस्थामा पुर्याइदिऔं ।पार्टीभित्रका विवाद आगामी दिनमा बसेर छलफल गरेर समाधान गर्ने उनले बताए ।



















