ओलीतन्त्रले बेलैमा बाटो नछोडे ‘भीरबाट लड्ने गाई’को अवस्था आउने छ : भट्टराई

वेलकम खबर
चैत्र २, २०७७

काठमाडौं। जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष डा।बाबुराम भट्टराईले प्रधानमन्त्री ओलीलाई सत्ता छाड्न आग्रह गरेका छन् । 

पूर्वप्रधानमन्त्रीसमेत रहेका भट्टराईले सामाजिक सञ्जाल ट्विटरमार्फत नैतिक र वैधानिक दुवै ढंगले सत्तामा बस्ने हैसियत गुमाइसकेकोले बेलैमा सम्मानित तरिकाले सत्ता छाड्न आग्रह गरेका हुन् ।  

यदि ओलीतन्त्रले बेलैमा बाटो नछोडे ‘भीरबाट लड्ने गाई’को अवस्था आउने चेतावनी  समेत दिएका छन् । 

उनले लेखेका छन्, ‘दन्त्यकथाका भेडाहरू काठको फड्केमा बाटो छोड्नुसट्टा सिंगौरी खेलेर दुवै मरेका थिए रे, नेपाली राजनीतिका मूर्ख र अहंकारी भेडाहरूको नियति त्यस्तै हुनलागेको हो त ?अझै पनि समय छ नैतिक र वैधानिक दुवै ढंगले सत्तामा बस्ने हैसियत गुमाइसकेको ओलीतन्त्रले बाटो छोडोस्, नत्र भीरबाट लड्ने गाईलाई…!’

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*