एमालेमा गएका सांसदलाई कारबाहीको तयारीमा माओवादी केन्द्र

वेलकम खबर
चैत्र १, २०७७

काठमाडौं। नेकपा (माओवादी केन्द्र)को केन्द्रीय कमिटी बैठक बस्ने भएको छ । केन्द्रीय कमिटी बैठकबाट नेकपा (एमाले)मा गएका सांसदलाई कारबाही गर्ने तयारी गरिएको छ ।

२९ फागुनमा बसेको माओवादी स्थायी कमिटी बैठकले सरकारमा रहेका ७ जना मन्त्रीलाई फिर्ता हुन निर्देशन दिएको थियो । उनीहरुलाई फर्किने वा नफर्किने जबाफ दिन २४ घन्टे स्पष्टिकरण सोधिएको थियो ।

आज बस्ने केन्द्रीय कमिटी बैठकबाट उनीहरुलाई कारबाही गर्ने तयारी गरिएको स्रोतले जनाएको छ । स्रोतका अनुसार सरकारमा सहभागी ७ जना मन्त्रीलाई दलबाट निष्कासनको निर्णय गर्ने तयारी गरिएको छ ।

माओवादीले कारबाही गरेमा उनीहरुको सांसद पद गुम्नेछ । राजनीतिक दलसम्बन्धी ऐनले पनि निर्वाचित जनप्रतिनिधिले दल त्याग गरेमा पद गुम्ने व्यवस्था गरेको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले २८ फागुनमा केन्द्रीय कमिटीको बैठक बोलाएर माओवादीबाट आएका गृहमन्त्री रामबहादुर थापासहित २३ जनालाई केन्द्रीय सदस्यमा मनोनित गरेका थिए ।

जसमा ७ जना मन्त्री छन् । त्यो बैठकमा माधवकुमार नेपाल पक्षका केन्द्रीय सदस्यलाई भने बोलाइएको थिएन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*