माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै, नफर्किएका नेता कार्यकर्ताको बारेमा आवश्यक निर्णय लिने
काठमाडौं। आज नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै छ । अहिले ९ बजे पार्टी कार्यालय पेरिसडाँडामा स्थायी कमिटी बैठक बस्न लागेको हो ।
बैंठकमा पछिल्लो राजनीति घटनाक्रम र भोलि बस्ने केन्द्रीय कमिटी बैठकको एजेन्डा तय गरिने स्रोतले जनाएको छ ।
आजको स्थायी कमिटी बैठकले माओवादी केन्द्रमा नफर्किएका नेता कार्यकर्ताको बारेमा पनि आवश्यक निर्णय लिने बताइएको छ ।
माओवादी केन्द्रका नेताहरू रामबहादुर थापा, टोपबहादुर रायमाझी, लेखराज भट्ट, मणि थापा, प्रभु शाह, गौरीशंकर चौधरी अहिले मन्त्री छन् । उनीहरू माओवादी केन्द्रमा नफर्कने लगभग टुंगो लागिसकेको छ ।



















