आज प्रधानमन्त्री ओलीले कोरोना खोप लगाउँने

वेलकम खबर
फाल्गुन २३, २०७७

काठमाडौं। आजदेखि ६५ वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई  कोरोनाविरुद्धको खोप दिन लागिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले पनि आज नै कोरोनाविरुद्धको खोप लगाउने भएका छन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज प्रधानमन्त्री ओलीले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा बिहान १० बजे कोरोनाविरुद्धको खोप लगाउने जनाएको छ ।

यीबाहेक सवारी चालक, शिक्षक र सहचालकसमेतलाई कोरोनाविरुद्धको खोप दिइँदै छ । यसैबीच नेपालमा कोभ्याक्स फ्यासिलिटीअन्तर्गत प्राप्त गरेको कोरोना भाइरसविरुद्धको खोप आज ल्याइँदै छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*