ताप्लेजुङका आगलागी पीडितहरुलाई पाँच लाख दिईने : गृह मन्त्री थापा

वेलकम खबर
फाल्गुन १९, २०७७

काठमाडौं । गृह मन्त्री रामबहादुर थापा बादलले ताप्लेजुङका आगलागी पीडितहरुलाई प्रति परिवार पाँचलाख दिने बताएका छन ।
आज गृह मन्त्रालयमा ताप्लेजुङका प्रतिनिधिसभा सदस्य तथा पूर्व मन्त्री योगेश भट्टराईको नेतृत्वमा ज्ञापन पत्र बुझाउन गएको टोलीलाई कार्यविधि सम्सोधन गरेर हिमाली भेगमा दिईने आवास निर्माणको लागि भुकम्प पीडित तथा बाढी पीडित सो सरह पाँच लाख प्रतिपरिवार दिने बताएका हुन ।
मन्त्री थापाले आगलागी पीडितको लागि तत्काल प्रतिपरिवार १५ हजार, ८० बटा कम्बल र ५० वटा टेन्ड दिने बताए ।


ज्ञापन पत्र बुझाउन गएका पूर्व मन्त्री भट्टराईले पुन स्थापनाको लागि भुकम्प पीडित सरह राहत उपलब्ध गराउने कुरामा विशेष जोड दिन आग्रह गरेका थिए उनले सोलुखुम्बुको मोडलमा खानेपानी तथा दमकलको समेत काम हुने गरी पानी ट्याङ्कीको ब्यवस्था,पीडितहरुलाई मर्का नपर्ने गरी ब्यवस्थित शहरको ब्यवस्था गरिदिन गृह मन्त्री थापासँग माग गरेका थिए ।


यता काठमाडौमा रहेका ताप्लेजुङबासीहरुबाट आर्थिक संकलन गर्न पूर्व मन्त्री योगेश भट्टराईको संयोजकत्वमा एक समिति निर्माण गरेको छ सो समितिको सह—संयोजकमा पूर्व संविधान सभा सदस्य पासाङ शेर्पा र प्रदेशसभा सदस्य टंक आङबुहाङ रहुन भएको छ । सदस्यमा क्रमश चित्रगुप्त साँवा ,डम्बरबहादुर तुम्वाहाम्फे,टंक श्रेष्ठ,रमेश बराल,बलबहादुर तामाङ, युवराज गुरुङ,तारादेवि श्रेङ,अग्नी पौडेल, नन्दु बनेम, पदमजंग आङवुहाङ रहेको छन । पूर्वमन्त्री भट्टराईले ५ लाख र प्रदेशसभा सदस्य आङबुहाङ ३ लाख रकम दिएर आर्थिक संकलन शुरु गरेको बताएका छन ।
मंगलवार ताप्लेजुृङको मेरिङदेन ३ दोभान बजारमा भएको आगलागीमा ४९ घर जलेर ध्वस्त भएको छ र त्यसबाट ७९ परिवारको सम्पूर्ण धनमाल नष्ट भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*