योगेश भट्टराईको संयोजकत्वमा बन्यो सहयोग समिति

वेलकम खबर
फाल्गुन १८, २०७७


काठमाडौं । ताप्लेजुङको दोभानमा भएको आगलागी पीडितहरुलाई राहत तथा पुनस्थापनको लागि प्रतिनिधिसभा सदस्य योगेश भट्टराईको संयोजकत्वमा काठमाडौंमा आर्थिक सहयोग समिति गठन गरिएको छ ।
सो समितिककोे सहसंयोजकमा पासाङ शेर्पा र टंक आङबुहाङ रहुन भएको छ भने सदस्यहरुमा चित्रगुप्त साँवा,डम्बरबहादुर तुम्वाहाम्फे,टंक श्रेष्ठ,रमेश बराल,बलबहादुर तामाङ,युवराज गुरुङ,तारादेवि श्रेङ,अग्नी पौडेल,नन्दु बनेम,पदमजंग आङवुहाङ रहेका छन ।
त्यस्तै बैठकले आगलागीको घटना प्रति दुख ब्यक्त गदै राहत तथा पुन स्थापनाको लागि भुकम्प पीडित सो सरह राहत उपलब्ध गराउन नेपाल सरकार सँग माग गर्ने निर्णय गरेको छ ।
राहतको लागि देश तथा विदेशमा रहेका ताप्लेजुङबासीहरुलाई सहयोग गर्न आवहान गर्ने तथा प्रतिनिधिसभा सदस्य योगेश भट्टलाईले ५ लाख र प्रदेशसभा सदस्य टंक आङबुहाङले ३ लाख उपलब्ध गराउने प्रतिबद्धता समेत ब्यक्त गर्नभएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*