ताप्लेजुङ आगलागी अपडेटः ४७ घर जले, ६२ परिवार विस्थापित

वेलकम खबर
फाल्गुन १८, २०७७

ताप्लेजुङ । ताप्लेजुङको दोभान बजार आगलागीमा कम्तिमा ४७ घर जल्दा ६२ परिवार विस्थापित बनेका छन

घटनास्थलमै रहेकी ताप्लेजुङकी सहायक प्रमुख जिल्ला अधिकारी गायत्रा अधिकारी खड्काले को जानकारी अनुसार प्रारम्मिक रिपोट अनुसार ४७ घर जल्दा ६२ परिवार विस्थापित बनेको तथ्यांक आएको छ।

उनका अनुसार बजार क्षेत्र भएका कारण कपडा पसल, कृषि सामग्रीका पसल, किराना पसलहरू तथा भण्डारण गरिएका अलैंची जस्ता कृषि उत्पादन जलेर नष्ट भएका छन्।

आगो पूरै नियन्त्रणमा आइनसके पनि थप फैलिन चाहिँ रोकिएको सहायक प्रजिअले जानकारी दिइन्।

‘आगो पूरै नियन्त्रणमा आउन अझै केही समय लाग्छ’, उनले भनिन् .ताप्लेजुङको मेरिङदेन गाउँपालिका ३ स्थित दोभान बजारमा आज बिहान सवा नौ बजेदेखि आगलागी सुरू भएको थियो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*