ताप्लेजुङको दोभान बजारमा आगलागी हुँदा ३५ घर जलेर नष्ट

वेलकम खबर
फाल्गुन १८, २०७७

ताप्लेजुङ ।ताप्लेजुङको मेरिङ्देन गाउँपालिका-३  स्थित दोभान बजारमा आगलागी हुँदा ३५ घर जलेर नष्ट भएको छ । 

मंगलबार बिहान १० बजे स्थानिय भोला पौडेलको घरबाट विद्युत् चुहिएर आगलागी हुँदा ३५ घर नष्ट भएको स्थानीयवासी गणेश कार्कीले बताए ।  दोभान बजारमा अहिले ३५ घर जलेर पूरै नष्ट भइसकेको जनाइएको छ । 

1

उनले भने, “आगो नियन्त्रणभन्दा बाहिर गइसक्यो, केही घर भत्काएर अग्निरेखा कोर्ने काम गर्दै छौंँ ।” 

ताप्लेजुङको दमकल आगलागी क्षेत्रमा पुगेको र छिमेकी जिल्ला पाँचथरदेखि पनि आउँदै गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख बालनरसिंह राणाले जानकारी दिए । उनले भने, “म पनि आगलागी क्षेत्रमा जाँदैछु । आगलागी भीषण छ भन्ने खबर आएको छ ।” सुरक्षाकर्मी र स्थानीयवासीले आगो नियन्त्रण गर्ने पहल गरिरहेको कार्कीले जानकारी दिए।रासस

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*