ताप्लेजुङको दोभान बजारमा आगलागी

वेलकम खबर
फाल्गुन १८, २०७७

ताप्लेजुङ। ताप्लेजुङको दोश्रो ठूलो बजार दोभानमा आगलागी भएको छ ।

मेरिङदेन गाउँपालिका ३ खाम्लुङमा विहान ९ बजेदेखि आगलागी सुरु भएको स्थानीय दिपेश कार्कीले जानकारी दिनुभयो । उहाँका अनुसार आगलागीको सुरुवात भोलानाथ पौडेलको घरबाट भएको हो । हालसम्म दोभान मनिट्रान्सफर र ग्लोबल आई एम ई बैंक सहित ३० ओटा घर पूर्णरुपमा जलेर नष्ट भईसकेको छ ।

आगलागी नियन्त्रणको लागि स्काभेटरको माध्यमबाट केही घरहरु भत्काउने क्रम जारी रहेको छ । दमकललाई खबर गरे पनि अहिले सम्म दमकल आईनपुगेको समेत स्थानीयले गुनासो गरेका छन् । आगो नियन्त्रण अहिलेनै आउने सम्भावना नरहेको स्थानीय कार्कीले जानकारी दिनुभयो । 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*