१० अर्बको विकास ऋणपत्र बिक्री खुला गर्दै राष्ट्र बैंक

वेलकम खबर
फाल्गुन १८, २०७७

काठमाडौं – नेपाल राष्ट्र बैंकको सार्वजनिक ऋण व्यवस्थापन विभागले ८ वर्ष अवधिको विकास ऋणपत्रको बिक्री खुला आज गर्ने भएको छ । बैंकले १० अर्ब बराबरको ‘विकास ऋणपत्र २०८५ ङ’ बिक्री खुला गर्ने भएको हो ।

ऋणपत्रको व्याजदर पनि बोलकबोलको माध्यमबाट नै निर्धारण हुनेछ । बैंक तथा वित्तीय संस्था, गैर बैंक वित्तीय संस्था, बीमा कम्पनी, सङ्गठित संस्था तथा नेपालीले खरिद गर्नसक्ने व्यवस्था गरिएको हो ।

यो ऋणपत्र धितो राखी कर्जा लिन वा दिन पाइने छ । साथै राष्ट्र बैंकले सो ऋणपत्र धितोपत्रको दोस्रो बजारमा कारोबारका लागी नेपाल स्टक एक्सचेन्जमा सूचीकृत गर्ने जनाएको छ ।

विवरणअनुसार प्रतिस्पर्धीलाई आठ अर्ब ५० करोड र अप्रतिस्पर्धीलाई एक अर्ब ५० करोड छुट्याइएको छ । घटीमा ५० हजार र बढीमा कूल निष्काशित रकमको सीमा नबढाई ५० हजारले भाग गर्दा निषेध भाग जाने अङ्कमा खरिद गर्न पाउनेछन् ।

केन्द्रीय बैंकले मङ्गलबार अपराह्न ३ बजे उक्त ऋणपत्र बोलकबोल हुने जनाएको छ । ऋणपत्रको साँवा भुक्तानी २०८५ फागुन १९ गते हुनेछ भने व्याज भुक्तानी अर्धवार्षिक रुपमा हुने र आर्जित व्याजमा व्याजकर लाग्नेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*